विश्वासको मत लिने प्रधानमन्त्रीको निर्णयमा माओवादीको आशंका काठमाडौं। नेकपा माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका कदम असंवैधानिक भएको र यसको भण्डाफोर गरेर अघि बढ्ने बताएको छ। आज बसेको स्थायी कमिटीको अनौपचारिक बैठकले प्रधानमन्त्री ओलीले लिन लागेको विश्वासको मतलाई समेत आशंका गरेको हो। माओवादी संसदीय दलका मुख्य सचेतक देव गुरुङले सरकार नसच्चिएको, संसद विघटनको अवसर खोजेको र सधैं असंवैधानिक कदममा नै उद्यत् देखिएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्