सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाललाई फिर्ता बोलायो काठमाडौं। सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई दुई वर्ष कार्यकाल बाँकी रहँदै फिर्ता बोलाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई फिर्ता बोलाउने निर्णय गरेको हो। दाहाल नेकपा (माओवादी केन्द्र)को कोटामा राजदूत भएका हुन्। यस्तै, सरकारले ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली र जापानका लागि नेपाली राजदूत प्रतिभा राणालाई अर्को निर्णय नहुन्जेलसम्म राजदूतको जिम्मेवारी सम्हाल्न भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्