प्रधानमन्त्रीले लिने विश्वासको मतमाथि रणनीति बनाउँदै कांग्रेस काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते संसदमा लिने विश्वासको मतबारे छलफल गर्न नेपाली कांग्रेस पदाधिकारीको बैठक आज बस्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा २ बजेपछि बैठक बस्ने जनाइएको छ। यसअघि हिजो बोलाइएको बैठक नेता रामचन्द्र पाैडेल अस्वस्थ भएपछि स्थगित भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्