मलाई महन्थ ठाकुरले कुनै हस्ताक्षर गर्न भन्नुभएको छैन : मनिष सुमन काठमाडौं। जनता समाजवादी पार्टीका नेता मनिष सुमनले आफूलाई कसैले कुनै हस्ताक्षर गर्न नभनेको बताएका छन्। अध्यक्ष महन्थ ठाकुरले आफू निकटका सांसद र कार्यकारिणी सदस्यलाई हस्ताक्षर गराउने कुरा निराधार रहेको उनले बताए। ‘म पनि कार्यकारिणी सदस्य हुँ, खै मलाई कसैले हस्ताक्षर गर्न भनेको छैन।’ सांसदलाई काठमाडौं बोलाएको कुरा वास्तविक भएको बताउँदै हस्ताक्षर गराउन थालेको समाचारमा कुनै सत्यता नभएको उनले प्रष्ट पारे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्