नवनियुक्त प्रदेश प्रमुखहरूले लिए राष्ट्रपतिबाट सपथ काठमाडौँ। गण्डकी र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रमुखहरूले आज सपथग्रहण गरेका छन्। आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख सीता पौडेल र सुदूरपश्चिम प्रदेशका प्रमुख गङ्गाप्रसाद यादवलाई सपथग्रहण गराएकी छिन्। सपथ समारोहमा प्रधानमन्त्री ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना उपस्थित थिए। आज बसेको मन्त्रिपरिषद् बैठकले पौडेल र यादवलाई नयाँ प्रदेश प्रमुखका लागि सिफारिस गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्