विश्वासको मत लिनु राजनीतिक अस्थिरता अन्त्य गर्ने अवसर : कमल थापा काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने निर्णयले राजनीतिक अस्थिरता अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। आज सामाजिक सञ्जाल ट्वीटमा गर्दै अध्यक्ष थापाले कांग्रेस र जसपा अग्निपरीक्षामा रहेको बताए। “प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने भएपछि राजनीतिक अस्थिरता अन्त्य गर्ने अवसर फेरि प्राप्त भएको छ। सत्तास्वार्थमा रमाउने कांग्रेस र जसपामा अग्निपरीक्षमा छन्।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्