गण्डकी प्रदेशमा पौडेल र सुदुरपश्चिममा यादवको नाम सिफारिस काठमाडौं। सरकारले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाराम यादवलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादवलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको हो। यसअघि गण्डकी प्रदेशमा अमिक शेरचन र सुदूरपश्चिम प्रदेशमा शर्मिला पन्त प्रदेश प्रमुख थिए। नवनियुक्त प्रदेश प्रमुखहरूको पद तथा गोपनियताको सपथग्रहण राष्ट्रपति कार्यालयमा केहीबेरमा हुने कार्यक्रम छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्