गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादवलाई प्रदेश प्रमुखमा सरकारको सिफारिस काठमाडौं। सरकारले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाराम यादवलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादवलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको हो। यसअघि गण्डकी प्रदेशमा अमिक शेरचन प्रदेश प्रमुख थिए भने सुदूरपश्चिम प्रदेशमा शर्मीला त्रिपाठी प्रदेश प्रमुख थिए। नवनियुक्त प्रदेश प्रमुखहरूको सपथग्रहण राष्ट्रपति कार्यालयमा केहीबेरमा हुने कार्यक्रम छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्