सञ्चालनमा नआएका अक्सिजन प्लान्ट मर्मत गरी सञ्चालनमा ल्याइने : प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिने बताएका छन्। आज देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। सञ्चालनमा नआएका अक्सिजन प्लान्टलाई मर्मत गरी सञ्चालनमा ल्याइने उनले बताए। लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी छ। अक्सिजन जेनेरेटर खरिद गरेर मौज्दात राखिने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्