नेपाली सेनालाई एक हजार शैय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशनः प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा छिट्टै एक हजार शैय्याको अस्पताल निर्माण गर्न निर्देशन दिएका छन्। आज देसबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्। "वीर अस्पतालको नयाँ भवन र त्रिचन्द्र कलेजको मिलेट्री अस्पताल, काठमाडौं उपत्यकाका धेरै शैय्या भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गरिनेछ," प्रधानमन्त्री ओलीले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्