खोप लगाउनेमा दक्षिण एसियामा भारतपछि नेपाल हो : प्रधानमन्त्री ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको खोप लगाउनेमा दक्षिण एसियामै भारतपछि नेपाल रहेको बताएका छन्। आज देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘२१ लाखलाई पहिलो खोप लगाइसकिएको छ, दोस्रो डोज लगाइँदैछ। कोभ्याक्सबाट खोप उपलब्ध गराउन सरकार प्रतिबद्ध छ।’ महामारीका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्नेमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्