कांग्रेसको पदाधिकारी बैठक स्थगित काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बैठक स्थगित भएको हो। कांग्रेसको पदाधिकारी बैठक दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बोलाइएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो । प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि राष्ट्रपतिले २७ वैशाखमा संसदको विशेष अधिवेशन आव्हान गरेकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्