भारतीय विदेशमन्त्री जयशंकर आज लन्डन जाँदै एजेन्सी। भारतीय विदेशमन्त्री एस जयशंकर चार दिने भ्रमणका लागि आज बेलायत जाने भएका छन्। उनी मुख्य रुपमा जी–७ बैठकमा भाग लिन लन्डन जान लागेका हुन्। भारतलाई उक्त बैठकमा अतिथिका रुपमा आमन्त्रण गरिएको छ। जी–७ मा बेलायत, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटली र जापान छन्। यसपटकको बैठकमा मुख्य रुपमा कोरोना महामारीबाट कसरी छुटकारा पाउने भन्नेबारे छलफल हुने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्