कांग्रेस पदाधिकारी बैठक आज काठमाडौं। नेपाली कांग्रेसले पदाधिकारी बैठक आजका लागि बोलाएको छ। दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवासमा बैठक बसिने जनाइएको छ। बैठकमा पार्टीको महाधिवेशनका साथै पछिल्लो राजनीतिक घटनाक्रमका सम्बन्धमा छलफल हुने नेताहरुले बताएका छन्। बैठकले प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने सम्बन्धमा पनि आवश्यक रणनीति तय गर्ने तयारी रहेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्