शंकर पोखरेल मुख्यमन्त्रीमा पुनः नियुक्त काठमाडौं। लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन्। संविधानको १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्री पोखरेल नियुक्त भएका हुन्। विपक्षी दलका ४० सांसदहरूले मुख्यमन्त्री पोखरेललाई पुनः नियुक्ति नदिन प्रदेश प्रमुख समक्ष माग गरेका थिए। तर, बहुमत प्राप्त दलको हैसियतमा पोखरेललाई पुनः नियुक्ति दिएको हो। लुम्बिनी प्रदेशमा एमालेको ४० जना सांसद छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्