जसपाका चार सांसदको रिट सर्वोच्चमा दर्ता भएन काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)ले कारबाही गरेका चार सांसदको रिट सर्वोच्च अदालतले फिर्ता गरेको छ। पार्टीको निर्णयविरुद्ध जसपाका सांसदहरू शुक्रबार रिट लिएर सर्वोच्च अदालत पुगेका थिए। अदालतको प्रशासनले लकडाउन खुलेपछि मात्र रिट दर्ता गर्न आउन भनेर फिर्ता गरिदिएको हो। कोरोना महामारीको कारण सर्वोच्च अदालतले अत्यावश्यक विषय बाहेकका मुद्दा दर्ता र सुनुवाइ नगर्ने निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्