स्थायी कमिटी बैठक छाडेर प्रधानमन्त्री ओली किन पुगे शीतल निवास काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली स्थायी कमिटीको बैठक बिचमै छाडेर शीतल निवास गएका छन्। प्रधानमन्त्री ओली शीतल निवास पुगेपनि पार्टीको स्थायी कमिटी बैठक जारी रहेको कार्यालय सचिव शेरबहादुर तामाङले बताए। उनले भने, "अहिले स्थायी कमिटी बैठक बसिरहेको छ। बाँकी निर्णय बैठकपछि भन्नेछु।" लुम्बिनी प्रदेशको विकसित घट्नाक्रम र कोभिड-१९ को संकटलगायतका विषयमा छलफल गर्न शीतल निवास पुगेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्