लुम्बिनी सरकारद्वारा प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस काठमाडौं। लुम्बिनी प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि विशेष अधिवेशन आवश्यक नरहेकाले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले देखापढीलाई बताए। उनले भने, "एमालेको एकल बहुमतको सरकार बन्ने भएकाले विशेष अधिवेशनको औचित्य नभएकाले सिफारिस गरेका हौं।" आज बिहान मुख्यमन्त्रीले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष राजीनामा दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्