एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठक भोलि बिहान ८ बजे बोलाइयो बुटवल। वैशाख ६ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको मुख्यमन्त्री शंकर पोखरलविरुद्धको अविश्वास प्रस्तावबारे रणनीति तय गर्न एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठक भोलि बिहान ८ बजे बैठक बोलाइएको छ। बैठकमा अविश्वास प्रस्ताव पक्षमा कसरी एक ढिक्का हुने भनेर छलफल हुने बताइएको छ। लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आइतबार १ बजे सुरू हुँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्