साउनबाट श्रमिकको तलब १५ हजार हुन्छः प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउनबाट श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय बढ्ने बताएका छन्। मासिक १३ हजार ४५० रुपैयाँ न्यूनतम पारिश्रमिक साउनदेखि १५ हजार हुने बताए। दैनिक पारिश्रमिक ५१७ बाट ५७७ रूपैयाँ र प्रतिघण्टा ६९ बाट ७७ रूपैयाँ पुर्‍याइने बताए। मे दिवसकोअवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश गरिने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्