बरालिएको राजनीति नसुध्रिँदा पीडा भएको छ : प्रधानमन्त्री ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरता र विकासको जनचाहनामा केही नेताहरूका अतृप्त आकांक्षा, कुण्ठा र ईर्ष्याका कारण अराजकता सिर्जना भएको बताएका छन्। मे दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले गत सालदेखि बरालिएको राजनीति नसुध्रिँदा आफूलाई पीडा भएको बताए। "केन्द्र, प्रदेश र स्थानीय तहसम्म प्रतिगमनको बनावटी प्रचारले सरकारप्रति भ्रम सिर्जना गर्ने र जनमानसमा नेता र पार्टीप्रति वितृष्णा बढाउँदै छ," प्रधानमन्त्रीले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्