गण्डकीमा मन्त्रिमण्डल विस्तार, खेलकुद मन्त्री बने राजीव गुरुङ(दीपक मनाङे) पोखरा। गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गरेका छन्। आज स्वतन्त्र सांसद राजिव गुरुङ(दीपक मनाङे)लाई मुख्यमन्त्री गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन्। अविश्वास प्रस्ताव आएका बेला मुख्यमन्त्री गुरुङले मन्त्रिमण्डल विस्तार गरेका हुन्। बुधबार बसेको प्रदेशसभा बैठकमा भने मनाङे उपस्थित भएका थिएनन्। उनी मनाङबाट बिजयी प्रदेश सांसद हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्