भारत र चीन बाहेक अन्य देशका नागरिक स्थलमार्गबाट नेपाल प्रवेश गर्न नपाउने काठमाडौं। सरकारले भारत र चीन बाहेक अन्य देशका नागरिकलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा रोक लगाएको छ। देश भित्र कोरोना संक्रमण बढेपछि सरकारले भारत र चीनबाहेक अन्य देशका नागरिकलाई स्थलमार्गबाट प्रवेशमा रोक लगाएको हो। भारत र चीनका नागरिक स्थलमार्गबाट प्रवेश गर्न पाउने भएपनि अनिवार्य १० दिन होटल क्वारेनटाइनमा बस्नुपर्ने हुन्छ। उनीहरुले ७२ घण्टा अवधि भएको नेगेटिभ पीसीआर रिपोर्ट पनि देखाउनुपर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्