एमाले अध्यक्ष ओलीविरुद्ध देशव्यापी अभियान चलाउने नेपाल पक्षको निर्णय काठमाडौं। एमाले नेता माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीको कदम र पार्टी विधान विपरितका क्रियाकलाप बन्द नभएसम्म आफूहरुको अभियान बन्द नगर्ने निष्कर्ष निकालेको छ। बुधबार कलंकीको एक होटलमा छलफल पछि नेता भीम रावलले अध्यक्ष ओलीले पार्टीको विधान विपरित काम गरेकाले देशव्यापी अभियान जारी रहने बताए। "जबसम्म पार्टीको विधान मिच्ने क्रियाकलाप बन्द हुँदैनन्, सच्याइदैन, तबसम्म हामी अघि बढ्छौ," रावलले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्