सरकारले गर्‍यो मधेस आन्दोलनका १२० व्यक्तिको मुद्दा फिर्ता काठमाडौं। नेपाल सरकारले मधेस आन्दोलनसँग जोडिएका १२० जनाको मुद्दा फिर्ता लिएको छ। सरकारका प्रवक्ता पार्वत गुरुङले मधेस आन्दोलनकाक्रममा सरकारवादी भइ मुद्दा चलाइएको १५ वटा मुद्दामा संलग्न १२० जनाको मुद्दा फिर्ता लिएको बताए। विप्लव समूहको मुद्दाबारे प्रवक्त गुरुङले फिर्ता लिने क्रम जारी रहको बताए। मुद्दा फिर्ता सम्बन्धी निर्देशिका, कानुन र संविधानको आधारमा यी मुद्दा फिर्ता लिने निर्णय भएको गुरुङले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्