बागमती प्रदेश सरकारमा ४ मन्त्री आज थपिदै काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले चार जना मन्त्री थपरे मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको जिम्मेवारी केशव पाण्डे, उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रीमा सरेश नेपाल, सामाजिक विकास मन्त्रीमा सरस्वती बस्नेत र सामाजिक विकास राज्यमन्त्रीमा डा. रामकुमार अधिकारी थपिने भएका छन्। थपिने मन्त्रीहरुको आजै सपथग्रहण हुने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्