९ करोडभन्दा बढीको स्वास्थ्य सामग्री चीनले नेपाललाई उपलब्ध गराउने काठमाडौं। चीनले नेपाललाई कोरोना महामारीविरुद्ध लड्न स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ। आज भिडियो कन्फ्रेन्समार्फत चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेका हुन्। मन्त्रालयले दिएको जानकारी अनुसार ९ करोड २० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आज नेपाल, बंगलादेश, अफगानिस्तान र चीनका परराष्ट्र मन्त्रीबीच भिडियो कन्फ्रेन्स भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्