सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन माओवादी केन्द्रको माग काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कोभिड-१९ नियन्त्रणको लागि सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ। मंगलबार बसेको बैठकले कोभिड–१९ अस्पताल बनाउन सुझाव दिएको छ। आईसीयू, भेन्टिलेटर र आइसोलेसन सेन्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको जोहो गर्न र फ्रन्टलाइनमा रहेकाहरुका लागि काम गर्ने उपयुक्त वातावरण सुनिश्चित गर्न पनि सरकारलाई सुझाव दिएको स्थायी कमिटी सदस्य गणेश साहले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्