बैशाख १६ गतेदेखि कैलालीमा निषेधाज्ञा कैलाली। बैशाख १६ गतेदेखि कैलालीमा निषेधाज्ञा जारी गरिएको छ। बैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म कैलाली जिल्लाभरमा निषेधाज्ञा जारी गरिएको हो। त्यो अवधीमा अत्यावश्यक बाहेकका कुनै पनि कार्य गर्न रोक लगाइएको छ। यो बीचमा खाद्य पसलहरू बिहान ५ देखि १० बजेसम्म मात्र खुल्ला रहनेछन्। यो अवधीमा कालोबजारी गरेको खण्डमा कारवाही गरिने स्थानीय प्रशासनले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्