‘अविश्वास प्रस्ताव पास हुन्छ, म ढुक्क छु’ : कृष्णचन्द्र नेपाली पोखरेल पोखरा। गण्डकी प्रदेशमा प्रस्तावित नयाँ मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र नेपाली पोखरेलले अविश्वास प्रस्ताव पास हुनेमा आफू विश्वस्त रहेको बताएका छन्। आज देखापढीसँग कुराकानी गर्दै उनले भने, ‘अविश्वास प्रस्तावमा २८ जनाको हस्ताक्षर छ। मत दयाँबायाँ जाँदैन। म ढुक्क छु।’ सांसदहरूसँग निरन्तर छलफलमा रहेको उनले बताए। गण्डकीमा नयाँ सरकार बनाउन ३१ मत आवश्यक पर्छ। जनमोर्चाले साथ दिएमात्र अविश्वास प्रस्ताव पास हुनसक्ने देखिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्