उर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण, वीरेन्द्र अस्पताल भर्ना काठमाडौं। उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ। गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सहभागी भएर फर्केपछि मन्त्री रायमाझीले पीसीआर परीक्षण गराएका थिए। हिजो सोमबार कोरोना संक्रमण देखिएको मन्त्रीको सचिवालयले पुष्टि गरेको छ। संक्रमणपछि मन्त्री रायमाझी छाउनीस्थित वीरेन्द्र अस्पताल भर्ना भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्