माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज ३ बजे बस्दै काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज ३ बजे बस्दैछ। केन्द्रीय कार्यालय पेरिसडाँडामा कमिटीको बैठक बस्न लागेको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए। सरकारबाट समर्थन फिर्ता लिने जिम्मा प्रचण्डलाई दिएपछि पहिलोपटक स्थायी कमिटीको बैठक बस्न लागेको हो। अविश्वास प्रस्ताव र पार्टी संगठनको एजेन्डाबारे छलफल हुने बताइएको छ। अघिल्लो बैठकले सत्ता समीकरणका लागि संवाद अघि बढाउने निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुहोस्