कोभिड-१९ को संक्रमण रोक्ने सबै उपाय अपनाउन कांग्रेसको माग काठमाडौं। कांग्रेसले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी कोभिड-१९ को संक्रमण रोक्ने सबै उपाय अपनाउन सरकारसँग माग गरेको छ। संक्रमितको उपचारको लागि आवश्यक स्वास्थ्य उपकरणको ब्यबस्था गर्न, स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्ने व्यवस्था मिलाउन र मित्रराष्ट्रसँग कुटनैतिक पहल गर्न कांग्रेसले माग गरेको छ। त्यस्तै सर्वसाधारण सबैले स्वास्थ्य सुरक्षाका प्रोटोकल पालना गर्न र गराउनसमेत कांग्रेसको माग रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्