गण्डकी प्रदेशसभामा घेचपेच: कांग्रेसले सम्झियो मनमोहनलाई, एमालेले भन्यो- इतिहास फेरि दोहोरियो पोखरा। गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्दा कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरलेले पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज स्मृति दिवसमा श्रद्धाञ्जली व्यक्त गर्दै स्मरण गरे। एमाले सांसद धनन्जय दवाडीले स्व: अधिकारीको स्मृति दिवसनै पारेर उनलाई जस्तै गण्डकी प्रदेश सरकारलाई पनि अपदस्त पार्न खोजिएको बताए। उनले भने, "त्योबेलाको सरकार हटाउन संसदभित्र र बाहिरबाट जे गरियो आज त्यस्तै भयो।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्