गण्डकीमा 'सत्ताको लालसा'ले अविश्वासको प्रस्ताव आयो पोखरा। गण्डकी प्रदेशका एमाले सांसद रोसनबहादुर गाहा थापाले सत्ताको लालसाले सरकारविरुद्ध अविश्वास आएको बताएका छन्। आजको प्रदेशसभाको विशेष बैठकमा उनले भने, "प्रतिगमनको नाममा भ्रमित गर्ने र सत्तामा जाने लालचा भयो । भ्रमित गर्ने अन्य थुप्रै खेल हुनेछ। यो जनताबाट नभइ दलगत रुपमा सत्ताको मोहबाट आएको हो ।" उनले जनताको उन्नति देख्न नसकेर प्रस्ताव दर्ता गराएको आरोप लगाए।
प्रतिक्रिया दिनुहोस्