कर्णाली प्रदेशसभामा ४ जना सांसदको पद रिक्त काठमाडौं। कर्णाली प्रदेशमा दैलेखको क्षेत्र नम्बर १ 'ख', कालीकोट 'क' डोल्पा 'क', सल्यान १ 'ख'को सांसद पद रिक्त भएको छ। आजको प्रदेशसभाको बैठकमा सभामुख राजबहादुर शाहीले एमालेले दर्ता गराएको दल त्याग सम्वन्धी सूचना सुनाएपछि उक्त स्थान रिक्त भएको हो। फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दिस‌िंह बुढा र कुर्मराज शाही कारबाहीमा परेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्