शेरबहादुर तामाङले गरे एमाले केन्द्रीय कार्यालय सचिवको पदभार ग्रहण काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य शेरबहादुर तामाङले केन्द्रीय कार्यालय सचिवको पदभार ग्रहण गरेका छन्। बागमती प्रदेशको सह-इन्चार्ज रहेका नेता तामाङले आज औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहणपछि सामाजिक सञ्जालमा लेखेका छन्, "कार्यालय सञ्चालनलाई थप चुस्त दुरुस्त बनाउने, पार्टीको नेता र कार्यकर्ताबीचको अन्तरसम्बन्धलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्दछु। साथै, मलाई यो जिम्मेवारी प्रदान गरेकोमा पार्टी नेतृत्वलाई धन्यवाद।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्