फलाममा आत्मनिर्भर बन्दै नेपाल- प्रधानमन्त्री ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले फलाम र स्टिलको कच्चा पदार्थको लागि बाहिर जानु नपर्ने बताएका छन्। "सरकारले यतिबेला नेपालमै फलाम खानीको अन्वेषण गर्दै छ। उक्त अन्वेषण सफलताको नजिक पुगेको र उत्पादन सुरु भएपछि कच्चा पदार्थ ल्याउन विदेश जानु पर्दैन," प्रधानमन्त्री ओलीले आज पुनर्निर्मित धरहराको उद्घाटन गर्दै यस्तो बताएका हुन्। सरकारले पूर्वी नवलपरासीको धौवादीमा फलाम खानीको अन्वेषण गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्