काठमाडौंलाई हेर्न लायक बनाउँछु : मेयर शाक्य काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई हेर्न लायक सहर बनाउने बताएका छन्। पुनर्निर्मित धरहरा उद्घाटन समारोहमा बोल्दै मेयर शाक्यले यस्तो बताएका हुन्। उनले भने, ‘हामीले रानीपोखरी पुनर्निर्माण सम्पन्न गरिसकेका छौं, दरबार हाइस्कुल बनाइसक्यौं, वीर अस्पताल लगभग बनेको छ, सम्पदा पुनर्निर्माणमा जुटेका छौंं।’ ऐतिहासिक धरहरा बनाउन सफल भएकोमा काठमाडौं महानगरको तर्फबाट प्रधानमन्त्री ओलीलाई उनले बधाइ दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्