प्रधानमन्त्री ओलीद्वारा २२ तले पुनर्निर्मित धरहराको उद्घाटन काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन्। आज एक समारोहकाबीच प्रधानमन्त्री ओलीले २२ तले पुनर्निर्मित धरहराको उद्घाटन गरेका हुन्। प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा २०७२ मा 'मेरो धरहरा मै बनाउँछ' अभियान सुरु गरेका थिए। २०७५ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणको काम सुरु गरेको थियो। २०७२ सालको भूकम्पमा भत्किएको धरहरा ६ वर्षपछि पुनः ठडिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्