निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्री ओलीको निर्देशन काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने भन्दै तयारीमा लाग्न पार्टीका कमिटीहरूलाई निर्देशन दिएका छन्। पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीले पहिलोपटक उप-निर्वाचन तथा स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका हुन्। बैठकपछि प्रबक्ता प्रदिप ज्ञवालीले निकट भविष्यमा हुने उपनिर्वाचनमा केन्द्रित हुन सबै कमिटीहरूलाई निर्देशन दिएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्