एमालेबाट राष्ट्रियसभाको उप निर्वाचनमा गृहमन्‍त्री बादल उम्मेदवार काठमाडाैं। जेठ ६ गते हुने राष्ट्रियसभाको निर्वाचनमा एमालेबाट गृहमन्‍त्री रामबहादुर थापा बादल उम्मेदवार हुने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आजको केन्द्रीय कमिटी बैठकमा एमाले प्रवेश गरेका कारण सांसाद पद गुमाएका सबै माओवादी नेतालाई उपनिर्वाचनमा जिताएर सांसद बनाइने बताएका छन्। माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका १५ जना सांसदको पद रिक्त रहेको छ। माओबादी केन्द्रको उजुरीपछि उनको पद खरेज भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्