माधव नेपाल भन्छन्– कुराकानीमा कुनै प्रगति भएन काठमाडौँ। नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा कुनै प्रगति नभएको बताएका छन्। छलफलस्थल मेरियट होटलबाट निस्कने क्रममा छोटो प्रतिक्रिया दिँदै नेपालले कुनै प्रगति नभएको बताएका हुन्। उनले भने, “म बोल्दिनँ, बोल्नुपर्ने गरी केही प्रगति भएको छैन।” आज पनि दुई नेताबीच करिब डेढ घण्टा छलफल भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्