जनता समाजवादी पार्टी पाँच वर्षसम्म फुट्दैन : लक्ष्मणलाल कर्ण काठमाडौं। जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले पार्टी पाँच वर्षसम्म नफुट्ने बताएका छन्। जसपा विभाजनउन्मुख भएको चर्चा चलिरहँदा नेता कर्णले देखापढीसँग भने, ‘कानूनतः एकीकरण भएको पाँच वर्षसम्म पार्टी फुट्दैन, त्यसको सम्भावना छैन।’ जसपाको माग दुई/तीन दिनमा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूलाई आश्वासन दिएको उनले बताए। माग सम्बोधन भएपछि सरकारमा जाने वा नजाने भन्नेबारे तय हुने उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्