लुम्बिनीमा जसपा विभाजित बुटवल। मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टीका तीनसहित ४ प्रदेश सांसदले मन्त्री पद सम्हालेपछि लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपा विभाजित भएको छ। विभाजनपछि सो प्रदेशको आगामी सत्ता समीकरणमा अन्यौलता थपिएको छ। संसदीय दलको निर्णय उल्लंघन गरेर मुख्यमन्त्री पोखरेलको कित्तामा उभिएको भन्दै सोमबार मात्रै मन्त्रीको सपथ लिएका चारजनालाई जसपा संसदीय दलले स्पष्टिकरण सोधेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्