माओवादी केन्द्रले भन्यो, कांग्रेससँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्छौं काठमाडौं। नेकपा माओवादी केन्द्रले कांग्रेससँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्ने बताएको छ। आजको स्थायी कमिटीको बैठकपछि नेता नारायणकाजी श्रेष्ठले भने, “कांग्रेससँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्छौं, सरकारलाई समर्थन फिर्ता लिएकोबारे कागजमा मात्र दिन बाँकी छ।” नयाँ सरकारका लागि अरू दलहरूसँग तीव्र रूपमा संवाद अघि बढाउने बैठकले निर्णय गरेको छ। भोलि १ बजे फेरि बैठक बस्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्