एमालेले माधव नेपालसहित ३२ जना सांसदसँग माग्यो स्पष्टीकरण काठमाडौं। नेकपा एमालेले माधव नेपालसहित ३२ जना सांसदसँग स्पष्टीकरण मागेको छ। एमालेले आज पठाउँदै गरेको स्पष्टीकरण पत्रमा “तपाईंलाई सांसद पदबाट कारवाही किन नगर्ने” भन्दै प्रश्न सोधिएको छ। २७ जना संघीय र ५ जना कर्णालीका सांसदलाई स्पष्टीकरण सोधेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले देखापढीलाई बताए। कर्णालीमा माधवपक्षका चार सांसदले ‘फ्लोर क्रस’ गरेर माओवादी नेतृत्वको सरकार जोगाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्