के निर्णय गर्ला आज माओवादी केन्द्रले ? काठमाडौं। सरकारले संसदको अधिवेशन अन्त्यपछिको परिस्थितिका सम्बन्धमा अनौपचारिक छलफलपछि आज नेकपा माओवादी केन्द्रिय कमिटी बैठक बस्दैछ। ‘संसद अधिवेशनपछिको परिस्थितिका सम्बन्धमा हिजो छलफल गरेका थियौं। आज भने केन्द्रिय कमिटी बैठक बस्छ’, स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भने। सोमबार अकस्मात सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेपछि माओवादी केन्द्रको हिजोको बैठक भने स्थगित भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्