लुम्बिनीमा सांसदमाथि गरिएको कारवाहीको औचित्य छैन : मनिष सुमन काठमाडौं। जनता समाजवादी पार्टीका नेता मनिष सुमनले लुम्बिनीमा सांसदमाथि गरिएको कारवाहीको कुनै औचित्य नभएको बताएका छन्। उनले देखापढीसँग भने, ‘लुम्बिनी प्रदेशमा जसपा समायोजन भएको छैन, समायोजन नहुँदा फरक–फरक विज्ञप्ति आयो, त्यसैले एक पक्षले विरोध गरे, अर्को पक्षले बधाई दिए।’ मन्त्रिमण्डलमा संसदीय दलको निर्णयमार्फत गएकाले कारवाहीको औचित्य नभएको बताए। छिट्टै समायोजन नगर्नु केन्द्रकै गल्ती भएको उनको स्वीकारोक्ति छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्