पोखरेल सरकारमा गएका जसपाका चार मन्त्रीलाई कारवाही लुम्बिनीमा शङ्कर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका जनता समाजवादी पार्टीका चारजना मन्त्रीलाई पार्टीले कारवाही गरेको छ।मुख्यमन्त्री पोखरेलले पुनर्गठन गरेको सरकारमा जसपाका सांसद सन्तोष पाण्डे, सुमन शर्मा, विजयबहादुर यादव र कल्पना पाण्डे लम्साललाई पार्टीले कारवाही गरेको हो। लुम्बिनी प्रदेश समिति जसपाका अध्यक्ष असोककुमार यादवले आज साझ विज्ञप्ति जारी गर्दै पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै 24 घण्टे स्पस्टिकरण समेत सोधेको छ। सरकारबाट राजीनामा दिई जवाफ पेश नगरे सांसद पद नरहने गरी कानुनी प्रक्रिया अघि बढ्ने चेतावनीसमेत दिएको यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्